फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की ग"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिपर चालकको ‘लापरबाही’ले सबैभन्दा धेरै दुर्घटना

२२ फाल्गुन २०७३, आईतवार ०२:०३

फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए ।

फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो ।

फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको बा ७८ प १४६९ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ३ ख ४५४५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।

माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको बा ४७ प ८३ १७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ४ ख १६७० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए । उपचारको क्रममा उनको पिपुल्स अस्पताल नयाँबजारमा मृत्यु भयो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो, टिपर चालकको ‘लापरबाही’ । 

अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ। यसको सिकार साना सवारी हुने गरेका छन् । ‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ 

टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए। कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिवाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट