फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभि"/> Sajhasabal

फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभि"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा यसरी चल्यो गोली

२४ फाल्गुन २०७३, मंगलवार ०१:३१


फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभियान उद्घाटन भए पनि १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी भएको थियो । संविधान संशोधन गर्न नदिएर एमालेले मधेसी जनताको अधिकारलाई कुल्चिएको भन्दै मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित भण्डाफोर अभियान चलाएको थियो । 

एमालेको प्रचारात्मक कार्यक्रमलाई पनि अवरोध गर्दै शुक्रबार बिहान पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोसो दलिएको थियो । दिउँसो पार्टी सचिव शम्भु यादवको झोला खोसिएको थियो । सोही दिन एमाले सांसद रञ्जु ठाकुर चढेको गाडीमाथि ढुंगामुढा भएको थियो । तर, शनिबार भने मोर्चाका नेताहरू अवरोधको तयारी गर्न गाउँतिर गए, सहर शान्त थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

आइतबार बिहानदेखि टायर बाल्दै एमालेविरुद्ध प्रदर्शन सुरु भयो । राजविराजको कार्यक्रम बिथोलिने निश्चितजस्तै भएपछि एमालेले तीन किलोमिटर उत्तर औद्योगिक क्षेत्रमा सार्ने निर्णय गर्‍यो । तर, सरकारी स्वामित्वमा रहेको औद्योगिक क्षेत्रमा कुनै पनि दलले अहिलेसम्म कार्यक्रम नगरेकाले अब पनि गर्न पाइँदैन भन्दै नाराबाजी भयो । औद्योगिक क्षेत्रको गेटमा तालाबन्दी पनि गरियो ।

औद्योगिक क्षेत्रमा आइतबारदेखि नै सुरक्षाकर्मी परिचालन भएका थिए । तर, सोमबार बिहान सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा थियो । 

बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । ९ बजेसम्म एमालेले कार्यक्रम गर्ने कि नगर्ने भन्ने अन्योल थियो । ९ बजेपछि मात्र मञ्च बनाउन सुरु भयो । 

एमालेले भारदह–हनुमाननगर–राजविराज आउने रुटलाई परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने नयाँ रुट बनायो । कार्यक्रम हुने निश्चित देखेपछि मोर्चाका प्रदर्शनकारी गाउँगाउँबाट ओइरिन थाले ।

सुनसरी इनरुवाको कार्यक्रम सकेर एमालेको र्‍याली सप्तरी प्रवेश ग¥यो । भारदहमा सुरक्षा घेराभित्र रहेका मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाए । तर, झडप भएन । ¥याली कञ्चनपुरतर्पm अघि बढ्यो, जहाँ कालोझन्डा देखाउने मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते भए । तर, र्‍याली विनाअवरोध अगाडि बढ्यो ।

करिब ४ बजे एमालेको र्‍याली सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश गर्‍यो । 

त्यतिवेलासम्म सप्तरीका विभिन्न क्षेत्रबाट आएका मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकिराखेको थियो । सभा सुरु भएपछि केही प्रदर्शनकारी सभास्थलको पूर्वपट्टि दुई सय मिटरनजिक गहुँ खेतमा आएर कालोझन्डा देखाउँदै नाराबाजी गर्न थाले । 

प्रहरीले पटकपटक लाठीचार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर गर्‍यो । उनीहरूले फेरि जम्मा हुँदै नाराबाजी गरिरहे । त्यहीबीचमा सद्भावना पार्टीका नेताहरू दीपेन्द्र चौधरी, किशोर यादव, लक्ष्मण यादवसहितका मधेसी अगुवालाई प्रहरीले पक्राउ पनि गर्‍यो । तर, मोर्चाका कार्यकर्ताको प्रदर्शन थामिएन ।

उता, नेताहरूले भाषण गरिरहेका थिए । माधव नेपाल सुरुमा बोले । त्यसपछि भर्खरै केन्द्रीय सदस्यमा मनोनीत लालबाबु यादव र स्थायी समिति सदस्य सत्यनारायण मण्डल बोले । उनीहरूले पाँच–सात मिनेटका दरले मात्र समय लिए । 

मोर्चाका कार्यकर्ता सभास्थलको ठीक पूर्वतर्फ राजविराज–रुपनी सडकसम्म आएर टायर बाल्दै प्रदर्शन बढाउँदै थिए । उनीहरूलाई नेपाल प्रहरीको दुई र सशस्त्र प्रहरीको एक गरी तीन घेरामा रोकेर राखिएको थियो । योबीचमा मोर्चा कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भइरहेको थियो । प्रहरीतर्फबाट एमालेका स्वयंसेवकले पनि मोर्चा कार्यकर्तातर्फ ढुंगाबाटै जवाफ फर्काइरहेका थिए ।

अन्त्यमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन सुरु गरे । ‘दुई–चारजनाले कालोझन्डा देखाउँदैमा एमाले डराउनेवाला छैन, कालोझन्डा देखाएर देश बन्दैन, देश बनाउने हो भने रातोझन्डामुनि आऊ, म आग्रह गर्दछु,’ ओलीको भनाइ यस्तै थियो । उनले बोलिरहँदा करिब पौने पाँच बजेको थियो । 

ओलीले सभालाई सम्बोधन गर्न थालेपछि थप आक्रोशित बनेका मोर्चाका कार्यकर्ता सभास्थलतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले सयौँ राउन्ड अश्रुग्यास प्रहार गर्‍यो । तर, स्थिति नियन्त्रण भएन । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको मोर्चाले जनाएको छ । 

१२ जना गम्भीर घाइते छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको बताएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई–तीनजना सुरक्षाकर्मीसमेत घाइते भएको उनको भनाइ छ । तर, प्रहरीले पानीको फोहोरा हान्न वारुणयन्त्र पनि नचलाई गोली चलाएको आन्दोलनकारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक