Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २९ गते, राति २:२३ बजे
काठमाडौँ - KTM

नेपालले हामीसँग कर माग्ने कानुनी आधार छैन: टेलिया

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौँ । एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको छ ।

नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्‍याएको हो । मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय गरेपछि त्यसको जवाफमा टेलियासोनेराका प्रतिनिधिले आफूले कर नतिर्ने प्रतिक्रिया दिएका हुन् ।

स्विीडिस भाषामा प्रकाशन हुने स्वीडेनको ‘एसभिडी’ अनलाइनले टेलियासोनेराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनलाई उद्धृत गर्दै उनले कर नतिर्ने बताएको उल्लेख गरेको छ ।

‘नेपाल सरकारले हामीसँग कार माग्ने कानुनी आधार छैन । यो हामीले तिर्नुपर्ने पैसा पनि होइन’, टेलियासोनराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनले ‘एसभिडी’ अनलाइनलाई भनेकी छन् ।   -नागरिक दैनिक