चैत २, काठमाडौं । सरकारले १ वैशाख ०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । 

त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पूरा भएको यातायात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौं । सरकारले १ वैशाख ०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । 

त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पूरा भएको यातायात "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाखदेखि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागू हुने

२ चैत्र २०७३, बुधबार ०२:२७

चैत २, काठमाडौं । सरकारले १ वैशाख ०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । 

त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पूरा भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । ‘नयाँ वर्षसँगै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने कामको थालनी हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने । 

पाँच वर्षभित्र २५ लाख सवारी साधनको नम्बर प्लेट इम्बोस्ड गराउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुटनीतिक र सरकारी सवारी साधनबाट यो निर्णय कार्यान्वयन गरिने छ । 

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को तेस्रो संशोधनको नियम ४ को उपनियम ४ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि सरकारले इम्बोस्ड नम्बर प्लेटको अवधारणा अगाडि बढाएको हो ।

सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो ।

हाल सवारी साधनमा प्रचलनमा रहेकाभन्दा फरक स्वरुपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । प्लेटको लेभलभन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बर प्लेट आधुनिक र सुरक्षित मानिन्छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट