२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम अध्यक्ष गच्छदार कांग्रेसमा भित्रदै

२०७३, ५ चैत्र शनिबार ०२:२१

चैत ५, काठमाडौं | सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् । 

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् ।

बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए । ‘गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्नेमा सबैको एकमत रह्यो,’ यादवले भने । बैठकमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक विचार बोक्ने नेताका हैसियतले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसले उचित सम्मानसहित भित्र्याउन सके निर्वाचनमा कांग्रेसको माहोल निकै राम्रो हुने निष्कर्षसहित नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमै ल्याउने, त्यो सम्भव नभएको अवस्थामा चुनावी गठबन्धन बनाएर भए पनि लैजान सुझाव दिए । ‘गच्छदारजीलाई पार्टीमा ल्याउने हो भने एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिरहासम्म कांग्रेसलाई फाइदा पुग्छ,’ मन्त्री बुढाथोकीको भनाइ उद्धृत गर्दै एक नेताले भने । अर्का सांसद सञ्जय गौतमले गच्छदारलाई कांग्रेसमा ल्याउँदा पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कांग्रेसलाई निकै ठूलो बल पुग्ने बताएका थिए । उनले बर्दियामा मात्र ३० प्रतिशत बढी थारू समुदाय रहेको भन्दै फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई कांग्रेसमा मिलाउन प्रस्ताव गरेका थिए ।

उनीहरूले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी भइरहेको भन्दै संस्थागत गर्न नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् । कांग्रेसमा रहेर मन्त्रीसमेत बनिसकेका गच्छदार संविधानसभाको चुनावको समयमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । सो पार्टीबाट पनि अलग भई उनले फोरम लोकतान्त्रिक गठन गरेका हुन् । कांग्रेसको सबै विषयमा जानकार गच्छदारलाई पुनः ल्याउन सके चुनावमा परिणाम राम्रो हुने कांग्रेसका ती सांसदको भनाइ छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा