मंगलसेन | 'बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो च"/> Sajhasabal मंगलसेन | 'बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो च"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ बर्षीय युवकद्वारा आत्माहत्या, यस्तो छ ‘सुसाइड नोट’

५ चैत्र २०७३, शनिबार १८:३५

मंगलसेन | 'बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस् । जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस् । गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर । सरी बूढी सरी ।'

२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो । सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए । उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन् ।

मंगलसेन नगरपालिका-१४ कालागाउँका लोकेशले झुण्डिएर आत्महत्या गर्नु अघि लेखेको 'सुसाइड नोट'मा श्रीमतीलाई मात्र होईन आमा, बुबा, साथीभाई सबैलाई सम्झेका छन् । साढे पाँच पृष्ठ लामो 'सुसाईट नोट'मा घरपरिवार साथीसंगीसँग माफी माग्नेदेखि लिएर आफूले तिर्नुपर्ने ऋणको विवरण सम्म लेखेका छन् ।

'हजुरको नालायक छोरो गयो' आमालाई सम्बोधन गर्दै उनले लेखेका छन् । 'बुबा हजुरलाई सधैँ रुवाएँ, हजुरको अनुहारमा खुसी ल्याउने सपना अधुरो रहयो । म बाँचे पनि हजुरलाई खुसी पार्न सक्दैनथ्ये ।' बाबुलाई सम्बोधन गर्दै नोटमा उनले लेखेका छन् ।

लोकेश चार महिनादेखि छिमेकी ओलीगाउँको मंगलानेर उच्च माविमा निजीस्रोतको शिक्षकको रुपमा काम गर्दै आएका थिए । उनी लोकेश चैत्र २ गते विद्यालयमा जान्छु भनी श्रीमतीसँग छुट्टिएका थिए । विद्यालय नपुग्दै बीच बाटोमा पर्ने जुपुको जंगलको एउटा रुखमा ज्याकेटको डोरीले झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।'Every Leving bings needs freedom' उनको सुसाईट नोटमा यो पनि छ । चार साथीबाट सापटी लिएको साढे सात हजार रुपैँया तिनुपर्ने हिसावसमेत नोटमा लेखेका उनले उक्त रकम आफ्नै खल्तीमा रहेको रकमबाट तिरिदिन पनि भनेका छन् । उनको खल्तीमा नौ हजार दुई सय २५ रुपैँया पनि भेटिएको प्रहरीले जनाएको छ ।

तिखो दिमाग र पढाईमा निकै मिहेनती लोकेश गाउँका सबैको आशाका केन्द्र रहेको गाउँलेहरु बताउछन् । बीएस्सी सम्मको अध्ययन गरेका लोकेशले दुई पटकसम्म नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लिखित परीक्षामा नाम निकालेका थिए । लिखितमा दुई-दुई पटक नाम निकाल्दा पनि मागेजती पैँसा दिन सक्दा मौखिकमा फेल भएपछि उनमा ठूलो निराशा छाएको लोकेशका भिनाजु रमेश रावलले सुनाए । 'नेपाली सेनामै जागिर खाएर राष्ट्रको सेवा गर्ने उनमा ठूलो धोको थियो' रावलले भने-'नेपाली सेनाको प्रमुख पदमा पुग्ने लक्ष्य सुनाउने गरेको मान्छे दुइ पटक मौखिकमा फेल भएपछि सारै निराश थियो ।' 

पछिल्लो सयम कोरिएन भाषा परीक्षासमेत उत्तीर्ण गरेर भिसा आउने अन्तिम अवस्थामा पुगेको पनि रावलले जानकारी दिए । एकोहोरो स्वभावका उनले खासमा के कारणले आत्महत्या गरेको हो भन्ने कुरा भने बुझ्न नसकेको रावलले सुनाए ।

लोकेश कालागाउँ गाविसका पूर्व अध्यक्ष तथा सुकुम्बासी समस्या समाधान आयोग अछामका अध्यक्षसमेत रहेका कृष्ण सोडारीका कान्छा छोरा हुन् । निमित्त जिल्ला प्रहरी प्रमुख महेन्द्र कलौनीले मिहेनतको कदर हुन नसकेको देखेर जीवनदेखि नै निराश भएर आत्महत्या गरेको हुन सक्ने बताए । उनले चालु आर्थिक बर्षको सुरुदेखि हालसम्म अछाममा १५ ले आत्महत्या गरेकोमा १७ देखि २५ बर्ष उमेर समुहका युवा युवतीको संख्या बढी रहेको जानकारी दिए । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा