३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजसम्ममा मेलम्चीको पानी नआउने

६ चैत्र २०७३, आईतवार ०२:३९

चैत ६, काठमाडौं । आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ । 

मेलम्ची खानेपानीको योजनाअनुसार सुरुङ खन्ने काम नभएकोले असोजमै पानी आउने सम्भावना टरेको हो । आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने  योजना पूरा नहुने देखिएको हो ।

यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो । आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दबाडी ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून रहेको’ बताउँछन् । ‘सुरुङ खन्ने काम अहिलेको गतिले समयमा मेलम्चीको पानी ल्याउन सकिने सम्भावना कम देखिन्छ’ उनले भने, ‘तर पनि असोजभित्रै पानी ल्याउन सकिन्छ कि भनेर सम्झौताअनुसार काम गर्न ठेकेदार कम्पनीहरुलाई ताकेता गरिरहेका छौं ।’

असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजना अनुसार उपत्यकाका सडकमा पाइप बिच्छ्याउने काई भने चलिरहेको छ।  -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट