२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले दियो ९० दिने आममाफी

२०७३, ८ चैत्र मंगलवार ०२:०२

चैत ८, काठमाडौं । साउदी अरवले गैरकानुनी हैसियत कामदारलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणा आइतबार गरेको छ । यो मार्च २९ गतेबाट लागु हुनेछ । 

साउदीका राजकुमारसमेत रहेका उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्ष अगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए ।

साउदी अरवका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरु आममाफीको कार्यक्रममा फाइदा लिन सक्ने नेपाली दूतावासले जनाएको छ । 

राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई ब्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । आन्तरिक मन्त्रलायका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नको लागि १९ वटा निकायहरु तोकिएको बताए । ‘हज र उमराहको लागि आउदा बसेका देखि कुनै प्रकारका भिसाका आप्रबासीलाई पनि सहयोग गर्नेछौं,’ उनले भने । 

ती कामदार स्वदेश फिर्नको लागि दूतावासले ट्राभल डकुमेन्ट जारी गनुपर्ने जनाएको छ । साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पुरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फिर्न पाउने उनले बताए । ‘जो कामदारसँग आफ्नो आवासीय अनुमति छैन । उनीहरु तुरुन्तै नजिकको राहदानी बिभागमा सम्र्पक गर्न सक्नेछन्,’ उनले भने । 

साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार तलब, काम र सेवा सुविधा नपाउँदा कामदारहरु भाग्ने प्रवृत्ति रहेको बताए । ‘यहाँ पीडित कामदारलाई स्वदेश उद्धार गर्न हामी प्रयासरत छौं । सम्र्पकमा आएकालाई कम्पनी नछोड्न अनुरोध गर्दछौं,’ उनले भने, ‘तैपनि कामदारहरु चाहेको जस्तो नदेखेपछि भागिरहेका हुन्छन् ।’

भागेका कामदार जेल बसेर स्वदेश फिर्न निकै कठिन भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिन जसो दुई दर्जन नेपाली फर्किरहेका हुन्छन् । तीन बर्ष अघि साउदीको आममाफीमा झण्डै २५ लाख आप्रवासी सहभागी भएका थिए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा