३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

१३ चैत्र २०७३, आईतवार ०१:५१

चैत १३, काठमाडौं । लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । 

पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ ।

कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ ।

तर, यो अवधिमा विधानत: दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न सकेनन ।

देउवा आफैले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न सकेनन् । एक बर्षमा उनले महासमिति बैठक राख्ने प्रतिबद्धता समेत गरेका थिए । तर, केन्द्रीय कार्यसमितिको बैठक राख्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसबीचमा लिखित नै माग गर्नुपर्ने अवस्था आयो । 

केही समयअघि पौडेलले पार्टीलाई सामूहिक निर्णय पद्दतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन देउवालाई पत्र दिएका थिए । पत्राचार गरेको भन्दै उनले तत्काल बैठक बोलाउन इन्कार गरे । 

बर्ष गाँठमा देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पुर्णता दिने भएका छन् । आईतबारको बैठकमा उनले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने भएका छन । विभाग प्रमुख तोक्ने तयारी उनको छ ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टी संगठनको प्रतिवेदन र प्रस्तावहरु तयार गर्नसमेत कठिनाई परीरहेको जनाउँदै देउवा सभापति चुनिएको केही दिनबाटै आग्रह गर्दै आएका हुन । तर, देउवा आफ्नो नेतृत्वमा सरकार नबनाउँदा सम्म मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री नबनाउने मुडमा देखिन्छन । 

पदाधिकारी नियुक्ति गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने भयले उनमा देखिन्छ । त्यसैले पदाधिकारी मनोनयनमा अझै ढिलाई हुने संस्थापन पक्षकै एक केन्द्रीय सदस्य बताउँछन । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट