३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा ! किन ?

१७ चैत्र २०७३, बिहीबार ०२:०६


चैत १७, काठमाडौं । मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । 

अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । 

वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् ।

यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योतिसहित फिरोज कवाडी, गंगाराम दास, तुफान नट र कुवेर राउतलाई पक्राउ गरेको छ । यौन सम्बन्ध र सम्पत्तिको लालचकै कारण घटना भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेल बताउँछन् । 

वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवाले श्रीमतीलाई घर छाडेर जानुपर्ने बाध्यता र घरमा रहेकी महिलालाई घरपरिवारले माया प्रेम नदिनु, उसको भावनाको कदर नगर्नु, यौन तृष्णा तथा आर्थिक लेनदेनका कारण समेत विभिन्न आपराधिक घटना हुने गरेको प्रहरी अनुसन्धानले देखिएको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट