चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरिय"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्रीको वरियता: प्रचण्डको नजर निधीभन्दा थापातिर

२०७३, १८ चैत्र शुक्रबार ०२:१९


चैत १८, काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । 

बरियता नतोकिएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको छ ।

‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो’, देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईंले सम्झाइदिनुपर्यो ।’

‘उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमतिमै टुंग्याउनुस्’ भन्ने जबाफ देउवाले दिएका थिए । दाहालले देउवासँग ‘यस विषयमा छलफल गरी मिलाउँछु’ भन्ने प्रतिबद्धता गरेका थिए । ‘प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नुभएको छ’, देउवाका निजी सचिव भानु देउवाले भने ।

पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएको र नियमित मन्त्रिपरिषद् बैठक हुने दिन भएकाले पनि बिहीबार मन्त्रीहरू बैठकको खबर कुरेर बसेका थिए । तर साँझसम्म पनि मन्त्रिपरिषद् बैठक बस्ने खबर नआएपछि उनीहरूले उपप्रधानमन्त्री वरियताक्रममा को माथि हुने भन्ने विवाद चुलिएको थाहा पाएका थिए ।

उपप्रधानमन्त्रीबीच देखिएको विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्थामा पुगेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेको बताइएको छ ।

सरकारमा उपप्रधान एवं स्थानीय विकासमन्त्रीसहित थापा सहभागी भएपछि एउटा मात्रै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकमा अर्का उपप्रधानमन्त्री निधि भारत भ्रमणमा थिए । आफू सत्ताको सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा सहभागी भएकाले आफू मर्यादाक्रममा अघि हुनुपर्ने तर्क निधिको छ ।

अर्का उपप्रधानमन्त्री थापाले आफू निधिभन्दा पहिला नै उपप्रधानमन्त्री भइसकेकाले आफू मर्यादाक्रममा निधिभन्दा माथि हुनुपर्ने दाबी गर्दै आएका छन् । दुवैले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने अडान नछाडेपछि मन्त्रिपरिषद् बैठक प्रभावित भएको खबरमा उल्लेख छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त