२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

२०७४, ७ माघ आईतवार ११:२१

माघ ७, काठमाडौँ  | कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ । 

बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी छ । 

साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पुर्याउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताउनुभयो । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताउनुभयो । 

उहाँले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिनुभयो । 

अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पुर्याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । 

अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पुर्याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 

बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । 

बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह