२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा नेप्से परिसूचक चार अंकले घट्यो

२०७४, २९ माघ सोमबार ११:०७

माघ २९, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ । 

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ । 

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ । 

शिवश्रीको आइपिओ आउँदै 

शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ । 

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो । 

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह