६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार सात अङ्कले घट्यो

६ फाल्गुन २०७५, सोमबार ११:२२

फागुन ६, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । 

लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । होटल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ विन्दुले बढेको छ । यस्तै बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बीमा १९ दशमलव शून्य आठ विन्दुले घटेको छ । 

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टीलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक शेयर तीन दशमलव१८ प्रतिशतले कमाएका छन् । 

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर छ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था पाँच दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका शेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या