२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टी

२०७५, ८ फाल्गुन बुधबार १०:५६

फागुन ८, वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गर्नुभएको हो । 

विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट पालाडिनोले नियमित पत्रकार सम्मेलनमा भेनेजुएलामा रहेका अमेरिकी नागरिकको सुरक्षाका बारेमा भेटवार्ता केन्द्रित भएको बताउनुभयो । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले पनि आफ्ना विदेशमन्त्री जोर्ज आरेजाले अब्राम्ससँग न्यूयोर्कमा गोप्य भेटघाट गरेको बताउनुभएको थियो । न्यूयोर्क वार्तामा विदेशमन्त्री आरेजाले अमेरिकी प्रतिनिधि अब्राम्सलाई “निजी, सार्वजनिक वा गोप्य”मध्ये कुनै पनि स्वरुपमा भेनेजुएला भ्रमणका लागि निम्तो दिनुभएको पनि राष्ट्रपति मदुरोले जानकारी दिनुभयो । 

आरेजाले संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको सम्बन्धका बारेमा विस्तृत विचार विमर्श गर्नुभएको थियो । 

“हामीले दुईवटा बैठक गरेका छौं तर म वार्तामा भएका कुराहरु विस्तृत रुपमा बताउन चाहन्नँ किनभने म वार्ताको गोनीयता कायम राख्न प्रतिबद्ध छु” विदशेमन्त्री आरेजाले भन्नुभयो । 

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सम्बोधन गर्दै अमेरिकाले भेनेजुएलामा शान्तिपूर्ण रुपान्तरण चाहेको बताउनुभयो । उहाँले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि दबाब सिर्जना गर्न शक्तिको प्रयोग गर्न पनि अमेरिका पछि नपर्ने चेतावनी दिनुभयो । 

तर अमेरिकी संसद कङ्ग्रेसको एक समितिमा अमेरिकी विशेष प्रतिनिधि अब्राम्सले भेनेजुएलामा अमेरिकाले सैनिक परिचालन नगर्ने स्पष्ट गर्नुभयो । अमेरिकी सैनिक कार्गो विमानहरुले भने भेनेजुएलाका निम्ति आपतकालीन मानवीय सहयोग सामग्री भेनेजुएलाका सीमामा पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने