२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा जेलभित्रै एक पाकिस्तानी कैदीको ढुङ्गाले हानीहानी हत्या

२०७५, ९ फाल्गुन बिहीबार ०६:१२

फागुन ९, काठमाडौं । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलभित्रै निर्मम हत्या भएको छ । शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् ।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ ।


प्रहरीका अनुसार घटना बुधबार अपरान्हको हो । जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् ।

गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो । चार कैदीको पहिचान भइसकेको गौडले बताए ।

घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए ।

घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए ।

शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए । उनीमाथि चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गरेको आरोप थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?