२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा अविरल वर्षाबाट २८ जनाको मृत्यु

१० फाल्गुन २०७५, शुक्रबार १०:४७

फागुन १०, इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । 

पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिनुभएको छ । 

यस प्रकोपपछि उद्धार कार्यका लागि चार ओटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले बताउनु भएको छ । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा जनाइएको छ । 

पाकिस्तान अधिनस्थ काश्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य