२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजार: अर्ब पनि पुगेन कारोवार

२०७५, ११ फाल्गुन शनिबार ११:३१

फागुन ११, काठमाडौँ | धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा रह्यो । मङ्गलबार बजारमा उच्च अङ्कको वृद्धि भए पनि अन्य दिन बजार सामान्य अवस्थामा रहेको स्टकले जनाएको छ । 

आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुग्यो । उक्त दिन कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए । 

यस्तै सोमबारसमेत बजार ओरालो लागेर एक हजार १०० को आसपासमा आइपुग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झ¥यो । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए । 

यस्तै मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक २२.४४ विन्दुले बढेर एक हजार १२४.९६ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयरबजार बुधबार भने पुनः घट्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक १२.७२ विन्दुले घटेर एक हजार ११२.२३ विन्दुमा झर्यो । 

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ विन्दुले बढेर एक हजार ११३ दशमलव ०७ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ