२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन र अमेरिकाबीच व्यापार वार्ता सहमतिको नजिक

२०७५, १४ फाल्गुन मंगलवार ०६:२८

फागुन १३, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताउनुभएको छ । 

“अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने अपेक्षा मैले गरेको छु, ट्रम्पले भन्नुभयो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको छ । 

चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियो । 

हामीले सम्झौतामा हस्ताक्षर गर्नेगरी शिखर सम्मेलन गरिने र यो पक्कै अझ राम्रो अवसर हुनेछ । हामी आशावादी छौँ वार्ता छिट्टै सम्पन्न हुनेछ । हामी सहमतिको नजिक पुगेका छौँ । 

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । यसै आधारमा भएका वार्ता सकारात्मक बनेपछि ट्रम्पद्वारा मार्चमा थप कर वृद्धि गर्नसकिने भनिएको समयलाई थप तीन महिना पछि सारिएको छ । 

सहमति अनुसार आगामी हप्ता अर्थात् मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भएपनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई पछि सार्ने घोषणा गरिसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै