पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १६, काठमाण्डौ – बिहीबार देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले अहिले काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

काठमाण्डौको शिवपुरी, चन्द्रागिरीसहित उच्च भेगमा हिमपात भैरहेको छ । काठमाण्डौ र मध्य क्षेत्रमा दिउँसोदेखि पानी पर्न रोकिएपनि मौसम भने नखुल्ने मौसमविद् अर्यालको अनुमान छ । तर पूर्वमा भने बिहीबार दिनभरी नै झरी पर्ने संभावना छ ।

अहिले पानी पारिरहेको प्रणाली पूर्वतिर नै सरिरहेकाले पूर्वमा बिहीबार एकैछिन पानी पर्न रोकिएपनि फेरि पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । पश्चिमको मौसम भने विस्तारै खुल्दै जानेछ । मध्य क्षेत्रको मौसम बेलुकीदेखि खुले पनि पूर्वी पहाडी क्षेत्रमा भने शुक्रबार पनि मौसम नखुल्ने उहाँको अनुमान छ ।

फेरि शनिबार अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले शनिबारदेखि फेरि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा खराबी आउने भएकाले तत्काल पदयात्रामा ननिस्कन पनि मौसमविद्ले सुझाव दिएका छन् ।