पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १६, काठमाडौं । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौका लागि भर्खरै उडेको छ ।

सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टर केहीबेर अघिमात्रै उडेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले जानकारी दिए ।

सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । आज १२ बजेपछि मौसममा केही सुधार आएकाले शव पठाउन सकिएको तप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।