Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १६ गते, बिहान ८:४२ बजे काठमाडौँ - KTM, समाज

पर्यटनमन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङ ल्याइयो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, काठमाडौं | बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बिहीबार काठमाडौ ल्याइए लगतै काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ ल्याइएको हो ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिनेछ  ।

अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो ।

यसैवीच मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् । अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले  निर्णय गरिसकेको छ ।

तस्बिर श्रोत:- रातोपाटि