२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले आफ्नो आकाशमा उडान रोकेसँगै थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

१६ फाल्गुन २०७५, बिहीबार ०४:१८

फागुन १६, बैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाश बन्द गरेको छ । 

एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।

पछिल्ला दिनमा पाकिस्तानले भारतीय वायुसेनाका दुईवटा सैनिक विमान आफ्नो हवाई क्षेत्रमा खसालेको दाबी गरेको थियो । यता भारतले आफ्नो वायुसेनाले पाकिस्तानको लडाकू विमान खसालेको दाबी गरेको छ । आक्रमण र प्रत्याक्रमणका कारण दुई देशबीच ठूलै युद्ध हुनसक्ने अनुमान गरिएको छ । 

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ । 

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । 

बढ्दो तनाबका बीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले वार्ताबाटै समस्याको समाधान निकाल्न भारतसमक्ष आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य