२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन बढ्दैछ भूकम्पको पराकम्प ? यसो भन्छन् विज्ञ !

२०७५, १७ फाल्गुन शुक्रबार ०२:१६

फागुन १७, काठमाडौँ ।  पछिल्लो समय भूकम्पको पराकम्प बढेको छ । गत दुई महिनाको अवधिमा मात्रै काठमाडौँ लगायत आसपासका जिल्लाहरूमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलमाथिका भूकम्पका ६ वटा पराकम्प गएका छन् । 

पछिल्लो समय दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फागुन १४ गते १०:३० बजे दोलखा केन्द्रबिन्दू त्यसको पाँच मिनेट पछि सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको थियो । 

भूकम्पमापन केन्द्रका अनुसार दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो  ।

यस्तै फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । यता, फागुन २ गते ताप्लेजुङ केन्द्रविन्दू बनाएर ४.६ रेक्टर भूकम्प गएको थियो ।

भोजपुरसहितका पहाडी जिल्लामा माघ ८ गते भूकम्पको धक्का महसुस भएको थियो । विहान ४ बजेर ४५ मिनेटमा भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

उक्त भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटामासमेत महसुस भएको थियो ।

पुष २७ गते रामेछाप केन्द्रबिन्दु भएर बिहान ५ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार सबै पराकम्प २०७२ साल वैशाख १२ गतेकै गएको शक्तिशाली गोरखा भूकम्पका हुन् ।

पछिल्लो समय निरन्तर गइरहेको पराकम्पबारे भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले त्यस्तो आतिनुपर्ने कुनै कारण नरहेको बताए ।

पृथ्वीको भित्रिभाग सबै ठाउँमा एउटै खालको नभएको भन्दै बेलाबेला आउने पराकम्पबाट ठूलो भूकम्पको असर बाँकी नै रहेको बुझिने उनले बताए ।

२०७२ सालमा पनि कुनै दिनमा दुई तीन पटक पराकम्प आउने गरेको बताउँदै निरन्तर पराकम्प आउँदैमा आत्तिनु पर्ने नदेखिएको उनको भनाई छ ।

‘केही समय पहिले ४.५ रेक्टरको एउटा पराकम्प अएको थियो । त्यस यता सानातिना पराकम्प आइरहका छन् । यी सबै त्यसैको कारण हो । यसबाट आत्तिनु पर्ने देखिँदैन । अहिलेबाट ठूलो खतरा निम्त्यिाउछ कि भनेर सोच्नु पर्ने अवस्था छैन । खाली त्यही भूकम्पको धङधगी बाँकी रहेको देखिन्छ । यसबाट कति पनि आत्तिनु पर्दैन,’ अधिकारीको भनाई छ । यद्यपि सानो पराकम्प आउँदैमा ठूलो भूकम्प आउँदैन भनेर पनि भन्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु