२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो माग सुनुवाई नभएको भन्दै अस्पतालको छैटौं तल्लाबाट हाम फाले २ नर्स

२०७५, १७ फाल्गुन शुक्रबार ०२:५६

फागुन १७, काठमाडौं । जागिर नियमित गराउनुपर्ने मागको विषयमा पछिल्लो २३ दिनदेखि भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लामा प्रदर्शन गरिरहेका दुई नर्स त्यहाँबाट हाम फालेका छन् । 


छलफलमा आफ्नो माग सुनुवाई नभएको थाहा पाएपछि दुई नर्सले अरदास (सिखको प्रार्थना) पढेर हाम फालेका थिए ।

घटनाका बेला लगभग सात सयको उपस्थिती थियो । प्रशासनका अधिकारीलगायत पुलिस जवानको सामुन्ने यी दुईले हाम फालेका हुन् । दुबैको स्थिती चिन्ताजनक भएको भारतीय मिडियाले बताएको छ ।

घाइते नर्सको नाम कर्मजीत कौर औलख र बलजीत कौर खालसा हो । दुबै आइसियूमा भर्ना छन् । कर्मजीत नर्सिङ असोसिएशनकी प्रमुख हुन् । स्वास्थ्य मन्त्री ब्रह्म मोहिन्दरादेखि पुलिस र प्रशासनले नर्सले हाम फाल्ने संकेत पाएपनि उनीहरुलाई रोक्न कुनै पनि प्रयास नगरिएको  आरोप लागेको छ ।


प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई बचाउनका लागि एउटा माछा समात्ने जाली र दुई इन्च मोटो कार्पेट बिछ्याइएको थियो । कर्मजीतले एक हप्ता अघि एउटा भिडियो पोष्ट गर्दै उनले बिहिबार चन्दीगढमा हुने छलफलमा नियुक्तिपत्र नदिए आफू अर्की नर्स साथीसँगै हाम फालेर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन् । स्वास्थ्यमन्त्रीले उनको मागमा अर्को हप्ता चर्चा गरिने बताएका थिए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने