पढ्न करिब 1 मिनेट लाग्छ

असोज २१, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।