२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अपहरण, नेपालमा बार्गेनिङ

२०७७, २२ आश्विन बिहीबार ०२:०८

असोज २२, काठमाडौं । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्।

उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्।

उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्। त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पु¥याए। त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई जानकारी गराए।

प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए।

डीआईजी थापाका अनुसार पीडित रैदास  केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन्। त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए।

श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे