Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २२ गते, बिहान ८:०८ बजे काठमाडौँ - KTM, समाज

उपत्यकाका सबै कोभिड अस्पताल भरिभराउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २२, काठमाडौं । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ।

सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। आइसियु र अन्य बेड सबै भरिभराउ छन्। अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ। तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ का बिरामीका लागि रहेका १ सय २९ वेड र २१ वटा आइसियु पनि भरिभराउ छन्।

यस्तै शिक्षण अस्पतालमा पनि कोभिडका लागि १ सय २६ बेड छन्। तीमध्ये १ सय ३ वटा भरिइसकेका छन्। बाँकी २३ वटा शंकास्पद र आकस्मिकतथा बालबालिकाको लागि छुट्टयाइएका हुन्। भर्ना भएका सबै बिरामी गम्भीर प्रकृतिका रहेको अस्पतालका कोडिभ सम्पर्क व्यक्ति डा. सवीन थपलियाले बताए।

कोभिडका मात्र बिरामी उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि बेड खाली नरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए। भर्ना भएकामध्ये ५० प्रतिशत गम्भीर लक्षण भएका रहेको उनले बताए। यो अस्पतालमा कोभिड १९ को लागि २० आइसियु र ३० बेड छन्। ‘दिनमा दुई/ तीन जना डिस्चार्ज हुन्छन्, तुरुन्त भरिन्छन्,’ उनले भने।

राजधानीका मुख्य कोभिड अस्पतालहरु भरिएपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पे्रस ब्रिफिङकै क्रममा व्यवस्थापनमा चुनौती थपिएको जनाउँदै सबै निजी तथा सरकारी अस्पताललाई कोभिड १९ को उपचार गर्न अनुरोध गरे।

नेपालमा २५ हजार सक्रिय संक्रमितको उपचार गर्ने क्षमता रहेकोमा बुधबार यो संख्या २५ हजार नाघेको छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।