पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २२, काठमाडौं । </b>बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।<br></p><p>चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>

