२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त

२०७७, २२ आश्विन बिहीबार १०:२७

असोज २२, कुबेत, (रासस–एपी) । खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताउनुभयो । 

उहाँले सबै कुबेती नागरिकलाई आआफ्ना मतभिन्नता त्याग्न पनि आग्रह गर्नुभयो । 

गत साता कुबेती अमिर शेख सबाह अल–अहमदको निधन भएपछि नयाँ अमिरले संसद समक्ष सपथ लिनु भएको हो । राजपरम्परा अनुसार नयाँ अमिर छानिए पनि कुबेतको संविधान बमोजिम नयाँ अमिरलाई संसदले नियुक्त गर्ने र संसद समक्ष सपथ लिने व्यवस्था छ । 

शेख मेशाल हाल ८३ वर्षका हुनुहुन्छ । कोभिड–१९ का कारण तेलको मूल्यमा आएको गिरावट एवं छिमेकी मुलुकहरु साउदी अरेबिया र इरानसँग तनावपूर्ण सम्बन्ध रहेका कारण कुबेत सरकारमाथि दबाब छ । 

टेलिभिजनमा दिएको प्रतिक्रियामा नयाँ अमिर शेख मेशालले कुबेतले क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्मान गर्ने तथा शान्ति र लोकतान्त्रिक मार्गलाई स्वीकार गर्ने बताउनुभएको छ ।

अरब राष्ट्रहरुमा शासन गरिरहेका अमिरहरुले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको अवस्थामा कुबेतमा भने पुरानै पुस्तामा नेतृत्व गएको छ । 

कुबेतमा यसै वर्ष संसदको पनि चुनाब हुँदैछ । कुबेतको सरकारमा सत्तासिन अमिरका परिवारका सदस्यहरुले महत्वपूर्ण मन्त्रालय र पद प्राप्त गरेकोप्रति कुबेतमा असन्तोष बढ्दै गएको छ । 

कुबेतका नयाँ अमिरले नयाँ तेल नीति ल्याउने र विदेश नीतिलाई प्रभावकारी रुपमा संचालन गर्ने विश्वास जनताले गरेका छन् । उनीहरुले साउदी अरेबिया, इरान र इराकसँगको सम्बन्धमा बढी सन्तुलन कायम गर्ने विश्वास पनि लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे