२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

२०७७, २७ आश्विन मंगलवार ०२:१७

असोज २७, काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।

ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ ।

यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए ।

उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह