तस्विर : गोरखापत्र दैनिक

असोज २८, काठमाडौं । छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तस्विर : गोरखापत्र दैनिक

असोज २८, काठमाडौं । छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथ"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीको झल्को : कोरोना संक्रमित एकै परिवारका ३ जनाको मृत्यु

२८ आश्विन २०७७, बुधबार ०२:२५


तस्विर : गोरखापत्र दैनिक

असोज २८, काठमाडौं । छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो ।

यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । जेठा छोरा र माहिली बुहारी पनि काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।

तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।

माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे ।

उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।

जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।

भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो ।

त्यसअघि नै विष्णुकुमारको असोज १८ मा चितवनकै सिएमसीमा निधन भएको थियो । सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि अर्थात असोज २४ मा उपचारकै क्रममा मृत्यु भयो ।

त्यस्तै श्रेष्ठ परिवारमा अर्को मृत्यु भोलिपल्टै थपिएको हो । घरका मिँयो धर्मकुमारको मेडिसिटीमा उपचार सिलसिलामा निधन भएको हो ।

यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । यस्तै, माहिली बुहारी (कृष्णकाी श्रीमती) विश्वशान्ति पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद वडा ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए।

यतिमात्र कहाँ हो र साहिली बुहारीको सोमबार मात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली