२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सामान्य लक्षण भएकाले ५० हजार, जटिल भए २ लाख धरौटी राख्नुपर्ने

२०७७, ४ कार्तिक मंगलवार १७:१४

कात्तिक ४, काठमाडौँ | कोरोना संक्रमितलाई उपचार गर्न सरकारले हात उठाएपछि अस्पतालहरुले आ-आफ्नै रेटमा कोरोना संक्रमितको उपचार गर्ने सूचीहरु टास्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते कोरोना संक्रमितले आफैले उपचार खर्च बेर्होनुपर्ने जनाएपछि अस्पतालहरुले सोही निर्णयको आधारमा उपचार मूल्य निर्धारण गरेका हुन् ।

काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितको ५० हजार देखि २ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएपछि मात्र उपचार गर्ने सूची टासेको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमितले भर्ना हुनुअघि नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने भएको छ ।

अस्पतालले कोभिड १९ को संक्रमणको उपचार वापत लाग्ने शुल्क भनेर सरकारको लागत दर अनुसार दैनिक रकम दर अस्पतालले प्रदान गर्ने खानासहित सामान्य लक्षण भएका संक्रमितले रु ५० हजार, मध्य जटिल बिरामीले एक लाख र जटिल बिरामीले २ लाख रुपैयाँ अस्पतालको नगद खातामा धरौटी  जम्मा गर्नुपर्ने जनाएको छ ।

अस्पतालको सूचना अनुसार सामान्य लक्षण भएकाहरुको दैनिक ३ हजार ५ सय, मध्यम लक्षण भएका बिरामीले दैनिक ७ हजार ५ सय र जटिल बिरामीका लागि दैनिक १५ हजार रुपैयाँ तोकिएको छ । यसका अलावा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँचहरु तथा एक्सरे चाहिएमा थप शुल्क लाग्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।

सरकारले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० बर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

यस्तो छ अस्पतालद्वारा जारी सूचना


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे