३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सामान्य लक्षण भएकाले ५० हजार, जटिल भए २ लाख धरौटी राख्नुपर्ने

४ कार्तिक २०७७, मंगलवार १७:१४

कात्तिक ४, काठमाडौँ | कोरोना संक्रमितलाई उपचार गर्न सरकारले हात उठाएपछि अस्पतालहरुले आ-आफ्नै रेटमा कोरोना संक्रमितको उपचार गर्ने सूचीहरु टास्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते कोरोना संक्रमितले आफैले उपचार खर्च बेर्होनुपर्ने जनाएपछि अस्पतालहरुले सोही निर्णयको आधारमा उपचार मूल्य निर्धारण गरेका हुन् ।

काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितको ५० हजार देखि २ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएपछि मात्र उपचार गर्ने सूची टासेको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमितले भर्ना हुनुअघि नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने भएको छ ।

अस्पतालले कोभिड १९ को संक्रमणको उपचार वापत लाग्ने शुल्क भनेर सरकारको लागत दर अनुसार दैनिक रकम दर अस्पतालले प्रदान गर्ने खानासहित सामान्य लक्षण भएका संक्रमितले रु ५० हजार, मध्य जटिल बिरामीले एक लाख र जटिल बिरामीले २ लाख रुपैयाँ अस्पतालको नगद खातामा धरौटी  जम्मा गर्नुपर्ने जनाएको छ ।

अस्पतालको सूचना अनुसार सामान्य लक्षण भएकाहरुको दैनिक ३ हजार ५ सय, मध्यम लक्षण भएका बिरामीले दैनिक ७ हजार ५ सय र जटिल बिरामीका लागि दैनिक १५ हजार रुपैयाँ तोकिएको छ । यसका अलावा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँचहरु तथा एक्सरे चाहिएमा थप शुल्क लाग्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।

सरकारले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० बर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

यस्तो छ अस्पतालद्वारा जारी सूचना


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली