२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’

२०७७, ५ कार्तिक बुधबार ०२:१३

कात्तिक ५, काठमाडौं । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा विकल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि उनीटसमस नभएको पछिल्लो पुनर्गठनले देखाएको छ ।

उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता बहिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा यसअघि पूर्व एमाले कोटाका मन्त्रीहरू रहेको, त्यसमा पूर्व एमाओवादीले ढिम्किन नपाउने र पार्टी एकता नहुँदैको जस्तो तेरो र मेरोको कित्ताकाट झल्किरहने प्रधानमन्त्रीको आशय बुझेसङ्गै प्रचण्डले केही दिनअघि रिसाएर ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुुस्’ भनेपछि तीन जना सदस्य थप्ने बाटो खुलेको प्रधानमन्त्रीनिकट समूहले बताएको छ ।

तर, पार्टीभित्र लामो समयदेखि कायम अविश्वासको वातावरणलाई चिर्न पूर्व एमालेबाटै तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुअघि प्रधानमन्त्रीले कम्तिमा एमालेकै आफ्ना अग्रज पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालसँग सल्लाह या जानकारी शेयर गरेको भए परिस्थिति थप जटिल नबन्ने एकथरिको बुझाइ छ ।

एमालेकै भागका मन्त्रालयमा मान्छे भरिए पनि एमाले भनेको एक ब्यक्ति त हैन । तर, पूर्व माओवादी र पूर्व एमाले दुबैतर्फ आफ्ना आलोचकलाई एकै ठाउँमा राखेर पेल्ने मनस्थिति बनाएपछि मन्त्रिपरिषदको पछिल्लो हेरफेर र नयाँ नियुक्तिले पार्टीमा ऊर्जाभन्दा समस्या थपिदिएको छ । भलै अर्थमन्त्री नियुक्त महासचिव विष्णु पौडेलको हकमा दाहालले पहिले नै समर्थन जनाएको बताइन्छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह