२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत सन्देश प्रवाह गरे कारवाही

२०७७, ५ कार्तिक बुधबार १०:०१

कात्तिक ५, काठमाडौँ  (रासस) । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो ।

केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए ।

गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवानासमेत गर्न सक्छ ।” ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की