२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आए रअ प्रमुख : सानेपा र नक्सालमा गोप्य भेटघाट !

२०७७, ६ कार्तिक बिहीबार ०२:२९

कात्तिक ६, काठमाडौं । भारतीय गुप्तचार संस्था‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ ।

भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपामा किचलो देखिएकाले सुरक्षाअधिकारीहरु गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् ।

रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् । तर, कुन तहको राजनीतिक भेटघाट भन्ने बारे केही खुलेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरुले सरकारी अंगका प्रमुखहरुलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।

तर उनीहरुले सत्तारुढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरुले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफै सहभागी भएका छने् ।’

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह