साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको सेयर बजार: नौ अर्ब बढीको कारोबार

१५ श्रावण २०७३, शनिबार ११:३६

साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस साताभर सेयर बजार सकारात्मक देखिएको छ । सातामा चार दिन मात्रै कारोबार भए पनि नेप्से करिब एक हजार ८८० अङ्क नजिक पुगेको छ । 

साताको पहिलो दिन आइतबार सफ्टवेयरमा आएको समस्याले सेयर कारोबार नभए पनि अन्य चार दिनमा रु नौ अर्ब ५६ करोड १७ लाख २२० हजार ३४ को सेयर कारोबार भएको छ । कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार बजार सामान्य घटे पनि अन्य दिन भने उत्साहजनक वृद्धि देखिएको थियो । बिहीबार बजार ३.५२ अङ्कले घटेको भए पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा समेत बढी थियो । 

एक सय ४७ कम्पनीका एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर खरिद बिक्री भएको सो दिन रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार २४८ को कारोबार भएको थियो । सामान्य घटेकाले बजार यो साता एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको हो । 

बैंकिङ, होटल, विकास बैंकलगायतको सूचक घटेपछि बजार सामान्य रुपमा प्रभावित भएको थियो । बुधबार भने करिब १५ अङ्कले बजार उकालो लागेको थियो भने रु दुई अर्ब २६ करोड ६४ लाख ९४ हजार १६२ कारोबार भएको थियो । 

यस्तै मङ्गलबार सेयर बजारमा २८ अङ्कको वृद्धि भएको थियो । मङ्गलबार रु दुई अर्ब ७५ करोड कारोबार भएको थियो । यो दिन साताकै सबैभन्दा बढी रकमको कारोबार भएको थियो । सोमबार एकै दिन ४० अङ्कको वृद्धि भएको बजारमा रु दुई अर्ब २४ करोड कारोबार भएको थियो । सो दिन जलविद्युत्बाहेक अन्य सबै समूहको परिसूचक बढेका थिए । 

सातामा बैंक समूहको परिसूचक ४२.०९, होटल समूहको ४३.०३, विकास बैंकको ८१.८५, फाइनान्सको २०.९९ र बीमा समूहको ८३.९२ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको ३.२१ र अन्य समूहको सूचक ८.९७ अङ्कले वृद्धि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार