साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस"/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको सेयर बजार: नौ अर्ब बढीको कारोबार

२०७३, १५ श्रावण शनिबार ११:३६

साउन १५, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस साताभर सेयर बजार सकारात्मक देखिएको छ । सातामा चार दिन मात्रै कारोबार भए पनि नेप्से करिब एक हजार ८८० अङ्क नजिक पुगेको छ । 

साताको पहिलो दिन आइतबार सफ्टवेयरमा आएको समस्याले सेयर कारोबार नभए पनि अन्य चार दिनमा रु नौ अर्ब ५६ करोड १७ लाख २२० हजार ३४ को सेयर कारोबार भएको छ । कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार बजार सामान्य घटे पनि अन्य दिन भने उत्साहजनक वृद्धि देखिएको थियो । बिहीबार बजार ३.५२ अङ्कले घटेको भए पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा समेत बढी थियो । 

एक सय ४७ कम्पनीका एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर खरिद बिक्री भएको सो दिन रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार २४८ को कारोबार भएको थियो । सामान्य घटेकाले बजार यो साता एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको हो । 

बैंकिङ, होटल, विकास बैंकलगायतको सूचक घटेपछि बजार सामान्य रुपमा प्रभावित भएको थियो । बुधबार भने करिब १५ अङ्कले बजार उकालो लागेको थियो भने रु दुई अर्ब २६ करोड ६४ लाख ९४ हजार १६२ कारोबार भएको थियो । 

यस्तै मङ्गलबार सेयर बजारमा २८ अङ्कको वृद्धि भएको थियो । मङ्गलबार रु दुई अर्ब ७५ करोड कारोबार भएको थियो । यो दिन साताकै सबैभन्दा बढी रकमको कारोबार भएको थियो । सोमबार एकै दिन ४० अङ्कको वृद्धि भएको बजारमा रु दुई अर्ब २४ करोड कारोबार भएको थियो । सो दिन जलविद्युत्बाहेक अन्य सबै समूहको परिसूचक बढेका थिए । 

सातामा बैंक समूहको परिसूचक ४२.०९, होटल समूहको ४३.०३, विकास बैंकको ८१.८५, फाइनान्सको २०.९९ र बीमा समूहको ८३.९२ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको ३.२१ र अन्य समूहको सूचक ८.९७ अङ्कले वृद्धि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह