२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात कार्यालय सतुंगलले मंगलबारदेखि जोरबिजोरको आधारमा ब्लु बुक नवीकरण गर्ने

२०७७, १६ कार्तिक आईतवार १०:१५

कार्त्तिक १६, काठमाडौँ । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल सतुंगलले मंगलबारबाट पुनः सेवा सुचारु गर्ने भएको छ । दशैंअगाडी नै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि  बन्द भएको कार्यालयले मंगलबारबाट सेवा प्रवाह गर्ने भएको हो ।  

कार्यालयले आज एक सूचना प्रकाशन गर्दै आईतबारबाट कार्यालय खुलेतापनि मंगलबारबाट अर्काे सूचना जारी नहुँदासम्म सिमित मात्रामा जोर बिजोर प्रणाली मार्फत सेवा सुचारु हुने जनाएको छ । 

कार्यालयले मंगलबारदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको सेवा दिने जनाएको छ । कार्यालयले जोर गते जोर नम्बरका मोटरसाइकल र बिजोर गते बिजोर नम्बर प्लटेका मोटरसाइकलको ब्लुबुक नवीकरण गर्ने जनाएको छ । 

यसैगरी प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरी प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ । यसबाहेक ब्लुबुकको प्रतिलिपी, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेज, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु नियमित रुपमा सञ्चालन हुने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह