Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक १९ गते, बिहान १०:५२ बजे
काठमाडौँ - KTM

२४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १९, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | 

बुधबार गरिएको प्रेश ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् | पछिल्लो समय देशभर १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो | 

थपिएका संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जनारहेको मन्त्रालयले जनाएको छ |