Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २२ गते, राति ९:२४ बजे काठमाडौँ - KTM, समाज

कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाईँदै

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, काठमाडौँ (रासस) । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले उपत्यकाका प्रत्येक वडामा  कन्ट्याक्ट टे«सिङ समूह गठन गरेर  टे«सिङलाई व्यापक बनाउने जानकारी दिनुभयो । अहिले काठमाडौँ उपत्यकामा १५ वटा  कन्ट्याक्ट टे«ेसिङ समूह रहेका छन ।

देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले टे«सिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

उहाँका अनुसार सरकारले पहिले काठमाडाँै उपत्यकामा  टे«सिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।

निगरानी समूह

मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उहाँले बताउनुभयो । ती समूहका ५ देखि ७ जना  रहने छन् ।

कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा टे«ेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले सङ्क्रमित, टे«सिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ” उहाँले भन्नुभयो, “ अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित,  टे«सिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”

समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पु¥याउने र सङ्क्रमितलाई घर बस्न, टे«ेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन ।

मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।

कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै  टे«ेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले टे«सिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताउनुभयो । “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उहाँले भन्नुभयो, “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट टे«सिङ गर्ने तयारीमा रहेका छौ ।”

उहाँले कन्याक्ट टे«ेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताउनुभयो । महाशाखाले कोभिड १९ संक्रमितसंग नजिक रहेको कममा तीन जनाको  कन्टयाक्ट ट्रेसिङ गर्दै आइरहेको छ  ।

कोभिड १९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नकालागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि ११० जनासम्ममा  ट्रेसिङ गरिएको छ ।  सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई  ट्रेसिङ गर्ने गरिन्छ ।