Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २४ गते, राति ९:०९ बजे काठमाडौँ - KTM, समाज

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् ।

देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी  दिनुभयो  । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना  रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।

देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना  रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन ।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् ।

अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको  सघन उपचार कक्ष (आईसीयू)  र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।  हालसम्म  १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१  जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको  स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

थप १८ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १२६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको  छ ।