Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन १६ गते, दिउँसो १:५७ बजे अर्थ/विकास, काठमाडौँ - KTM

चारहजार व्यापारी कारबाहीमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १६, काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।

व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिनुभयो । मिटर बिगारेर उपभोक्तालाई ठगी गर्ने व्यापारीको सङ्ख्या उपत्यकामा अत्यधिक रहेको पाइएको छ ।

“ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ,” उहाँले भन्नुभयो । कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ । यस्तै आठ हजार ३७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् । कार्यालय प्रमुख यादवकाअनुसार सोही आवमा ३७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ । रासस