पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक २५, काठमाडौं | सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ | सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने यसअघिको निर्णय सच्च्याएको हो |<br></p><p>सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकार निर्णय उच्याउन बाध्य भएको थियो ।</p><p>बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ |</p>

