साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

चट्याङ परेर ४० को मृत्यु, ३५ घाइते

१६ श्रावण २०७३, आईतवार ११:०३

साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका कारण कम्तीमा ४० जनाको मृत्यु हुनाका साथै अन्य ३५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा व्यक्तिहरुको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अल इन्डिया रेडियोले जनाएको छ । 

सम्बन्धित सरकारी पदाधिकारीका अनुसार खेतमा धान रोप्दा रोप्दै केही कृषकलाई एक्कासी परेको चट्याङले भेट्टाएको थियो । उडिसा राज्यमा अन्य दैवी प्रकोपका कारणभन्दा चट्याङले नै बढी धनजनको क्षति गराउने गरेको बताइन्छ । विगतका पाँच वर्षभित्र चट्याङ्कै कारण एक हजार पाँच सयभन्दा बढी नागरिकहरुको मृत्यु भएको पनि अल इन्डिया रेडियोले जानकारी दिएको छ । 

गत दुई महिनामा भारतभर विशेष गरी उत्तरी राज्यहरुमा चट्याङको प्रकोपका कारण मानिसहरुको मृत्यु भएको सङ्ख्यामा अस्वाभाविक रुपमा वृद्धि भएको छ । 

गत २२ जुनका दिन बिहार, झारखण्ड र उत्तरप्रदेशसमेत तीन राज्यमा रातभरी परेको चट्याङले कम्तीमा १०० जनाको ज्यान लिनुका साथै अन्य थुप्रै घाइते भएका थिए । 

भारतीय राष्ट्रिय अपराध अभिलेख केन्द्रका अनुसार सन् २००५ यता चट्याङका कारण प्रत्येक वर्ष कम्तीमा दुई हजार नागरिकको मृत्यु हुने गरेको छ । भारतमा जुनदेखि सेप्टेम्बर महिनासम्म मनसुन चल्नेगर्छ । 

यस अवधिमा पर्ने पानीले औसत वार्षिक वर्षाको ८० प्रतिशत अंश ओगट्ने गर्छ । यस मनसुनी वर्षाकालभरी कडा मेघ गर्जनु, भारी वर्षा हुनु र यसैबीचमा चट्याङ पर्नु सामान्य मानिन्छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार