२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

२०७७, २७ कार्तिक बिहीबार १५:०१

कात्तिक २७, मोरङ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभएको छ । उहाँले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाउनुभयो ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को  आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गर्नुभयो । उहाँले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताउनुभयो । 

मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई  हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख  र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको  जानकारी दिनुभयो । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो ।

स्वास्थ्योपचारका लागि टेलिमेडिसिन

प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत  आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिनु भयो । क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको  अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिने छ । 

उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी शुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह