Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २८ गते, बिहान ११:४० बजे काठमाडौँ - KTM, समाज

काठमाडौं महानगरपालिकाले भन्यो ‘बेरोजगार भए वडा कार्यालयमा सम्पर्क गर्नू, रोजगारी दिइन्छ’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि परोपकारी केही संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ ।

अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सन्चालन गर्न महानगरपालिकाले सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ । यस कार्यमा वडा कार्यालयबाट आवश्यक समन्वय तथा सहयोग हुने काठमाडौं महानगरपालिकाले  जनाएको छ ।

काठमाडौं महानगरपालिकाको सूचना हेर्नुहोस्