Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ पुष २८ गते, बिहान ९:३४ बजे काठमाडौँ - KTM, समाज

बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २८,मार्तडी | </b>बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।&nbsp; मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>उहाँका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक&nbsp; ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । </p><p>ट्र्याक्टरको नम्बर प्लेट&nbsp; नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।</p>