Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ पुष २८ गते, साँझ ७:२९ बजे काठमाडौँ - KTM, समाज

अब लाइसेन्स ट्रायल दिँदा सामान्य गल्तीले फेल नहुने, ६० अंक आए पास !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, काठमाडौँ | सवारी चालक अनुमति पत्र पाउनको लागि दिईने ट्रायलमा अब सानो गल्तीले पनि फेल हुने मापदण्ड परिवर्तन हुने भएको छ ।

यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । ट्रायल दिने क्रममा सवारी मज्जाले चलाउन जान्नेहरू समेत फेल हुन्छु कि भन्ने डरले हतारिदा वा अन्य कारण सामान्य गल्ति हुँदा समेत फेल हुने अवस्था छ । यस्तो अवस्थामा फेल हुँदा लाइसेन्स दिनेहरु बिचौलिया कहाँ जाने समस्या देखिएको कारण नयाँ नीति प्रस्ताव गरिएको हो ।

नयाँ प्रस्तावित नीति अनुसार ट्रायलका विभिन्न चरण अंकका आधारमा पास वा फेल निधो गरिनेछ । ट्रायल दिने क्रममा ८ मा छिरेपछि सबै प्रक्रियामा अंक निर्धारण गरेर पास-फेल छुट्याइनेछ । त्यसरी दिने ट्रायलको पूर्णाङ्क १०० हुनेछ र ६० अंक ल्याउनेहरू पास हुनेछन् । अंक कसरी राख्ने भन्नेबारे छलफल चलिरहेको छ । त्यस्तै लिखित परीक्षा समेत परिमार्जन हुने भएको छ ।