पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ५ हजार ३२ सय जनाको पीसीआर गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो | <br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ४०५ जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ | </p><p>त्यस्तै २४ घन्टामा ६ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>

