पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २, काठमाडौँ |</b> विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोपले नेपालमा पनि पहिलोपटक प्रयोग अनुमति पाएको छ | 'कोभिसिल्ड' नामक कोरोनाविरूद्धको खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको हो |<br></p><p>भारतको सेरम इन्स्टिच्युट कम्पनीले निर्माण गरेको उक्त खोपलाई औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ | भारतमा उक्त खोपलाई भोलिदेखि सर्वसाधारणलाई लगाउन थालिने छ |</p><p>सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने बताएको छ |</p>

